नेता एवं सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदैै – उपचारमा सरकारले सहयोग गर्ने
- चैत्र ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले अहिले सामान्य आहार खान सुरु गरेका छन् । बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका भण्डारीलाई सुरूमा कीर्तिपुरस्थित अस्पतालमा लगिएको थियो । त्यसपछि थप उपचारका लागि भारत लगियो । गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार भइरहेको छ।
अहिले सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको कुरा चिकित्सकहरूलाई उद्धृत गर्दै दाजु मीनप्रसाद भण्डारीले कासिनलाई बताए। ‘स्वास्थ्यमा सुधार भइरहेको, कलमी गरेको छालाले पनि राम्रो प्रतिक्रिया दिएको र अनुहारको छाला राम्रो हुँदै गएको डाक्टरहरूले जानकारी दिनुभएको छ,’ उनले भने, ‘फिजियोथेरापी जारी राखिएको छ।’
सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नुनपर्ने चिकित्सकहरूले बताएका छन्। सांसद भण्डारी अरूको सहयोगबिना केही समय बस्न सक्छन्।
केही दिनमा उनलाई हिँड्नका लागि प्रयास गराइने पनि चिकित्सकहरूको तयारी छ । सांसद भण्डारीको उपचारमा सरकारले सहयोग गर्ने बताएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments