नेपाली क्रिकेटका पूर्व कप्तान पारसको टोली च्याम्पियन बन्यो
- चैत्र ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ । फाइनमा एसियाले सोमबार राती वल्र्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६.१ ओभरम ३ विकेट गुमाउँदै पूरा गर्यो । एसियाको जितमा ओपनर तिलकरत्ने दिलशानले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । उपुल थरंगा २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनमा आउटभए ।
पहिलो विकेटका लागि थरंगा र दिलशानले १० ओभरमा १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ब्रेट ली ले थरंगालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । स्मित पटेलले दिलशानलाई बोल्ड गरे । मिस्बाह उल हक र मोहम्मद हफिज ९–९ रनमा अविजित रहे । जायन्ट्समा ब्रेट ली, स्मित पटेल र मोन्टि पनेसारले एक एक विकेट लिए ।
त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनएको थियो । दक्षिण अफ्रिकी महान् अलराउन्डर ज्याक्स कालिस ५३ बलमा ५ चौका र ३ छक्कासहित ७६ रनमा नटआउट रहेपनि टोलीको हार टार्न सकेनन् ।
न्युजिल्यान्डका रस टेलर ३३ बलमा ३ चौकासहित ३२ रनमा आउट भए । एक समय १९(३ को खराब सुरुवात गरेको जायन्ट्सलाई चौथो विकेटका लागि कालिस र टेलरले ९२ रनको साझेदारी गरेका थिए । टेलर थिसेरा परेराको बलमा बोल्ड भए ।
ओपनर मोर्ने भ्यान विकलाई अब्दुर रजाकले शून्यमा बोल्ड गरे । कप्तान शेन वाटसन पनि शून्यमा एलबिडब्लू आउट भएपछि जायन्ट्सले खराब सुरुवात गरेकोा थियो । ओपनर लेन्डल सिमन्स १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रन आउट भए । एसियाका अब्दुर रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । थिसेरा परेराले एक विकेट लिए ।
नेपालका पारस खड्काको भने ब्याटिङ र बलिङ दुवै अवसर आएन । पारस प्रतियोगिताभर ६ खेल मध्य ५ खेलमा मैदान उत्रदा दुई खेलमा मात्रै ब्याटिङ गरेका थिए । पहिलो खेलमा इन्डिया महाराजसविरुद्ध २ बलमा ३ रन र जायन्ट्सविरुद्ध दोस्रो खेलमा १० बलमा ८ रन जोडेका थिए । इन्डिया महाराजसविरुद्ध दोस्रो खेलमा भने पारस टोलीमै परेका थिएनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments