गठबन्धनको साझा उम्मेदवार बिरुद्ध जनमतको उम्मेदवार
- चैत्र ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
बारा ।
बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन लागेको हो । सोही निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो उम्मेदवार खडा गर्ने तयारी गरेको छ ।
बारा–२ मा जसपाका अध्यक्ष यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला जनमत पार्टी भने छुट्टै उम्मेदवार उठाउने तयारीमा जुटेको हो ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बारा–२ मा आफनो पार्टीबाट उम्मेदवारी पर्ने बताए । उनले भने, ‘गठबन्धन सरकार बनाउनका लागि बनेको हो, चुनाव गराउनका लागि होइन, गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गर्न लाग्दा हामी कुरा राख्ने छौ । हाम्रो दलका लागि सहमति नभए पनि उम्मेदवार उठाउँछौं ।’
जनमत पार्टीले बुधवार बारामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस, जसपा, लोसपालगायत केही नेता तथा कार्यकर्ताहरू जनमतमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । बुधवार पार्टी प्रवेश गर्ने नेतामध्ये एक जनालाई उम्मेदवार बनाउने जनमत पार्टीका एक नेताले बताए ।
मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । उपनिर्वाचनमा यादव पुनः बारा २ बाट चुनाव लड्दैछन् । बारा २ मा यादव उम्मेदवार भएमा लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलसँग छुट्टै चुनावी गठबन्धन गरिने जनमत पार्टीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments