फेरीएको शैली
राष्ट्रपति पौडेल शीतल निवासबाट टुँडिखेलस्थित सैनिक मञ्च आउँदा सडक खाली नगराई सवारी
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिगतमा सवारीको निकै लामो लस्कर लाग्थ्यो सडकमा जब राष्ट्रपतिको सवारी हुन्थ्यो । सडक जाम र मानिसहरुको आवतजावत बन्द । सडकमा निकै कठिन शैलीको यात्रा हुन्थ्यो । तर अब त्यो परम्परा तोडिएको छ ।
नेपालका तेस्रो राष्ट्रपतिको रुपमा पदाशिन भएका रामचन्द्र पौडेलले आफनो औपचारिक समारोहको सवारी शैलीलाई परिवर्तन गरेका छन् ।
गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो । तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा चार वटा सवारी साधन प्रयोग भएको छ ।
मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे । जबकि, कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कारदेखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३/३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था छ ।
त्यसको पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिप र प्रहरी पछुवा मोटरसाइकलसहित सवारी साधन हुने व्यवस्था छ ।
तर पौडेलको मंगलबारका सवारीमा एउटा अगुवा, त्यसपछि क्रमशः आफ्नो गाडी, पछुवा र जगेडा गाडी प्रयोग गरेको देखिएको छ । पौडेल शीतल निवासबाट टुँडिखेलस्थित सैनिक मञ्च आउँदा सडक पनि पूरा खाली गराइएको थिएन ।
सैनिक मञ्चको कार्यक्रम सकिएर राष्ट्रपति बाहिरिँदा केहीबेर मात्र सडक खाली गराइएको थियो ।
उनको सवारी अगाडि बढेपछि अन्य सवारी साधनलाई आवतजावत गर्न दिइएको थियो । राष्ट्रपति पौडेलको सवारीअघि राष्ट्रपति कार्यालयले यसको व्यवस्थापनका लागि गृह मन्त्रालयसँग परामर्श गरेको थियो ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार राष्ट्रपति दैनिक कार्यलय जाँदा समेत मंगलबारको सवारीभन्दा एउटा कार र मोटरसाइकल बढी प्रयोग गर्नुपर्ने हुन्छ ।
‘कतिपय राजकीय भ्रमण वा विदेशी पाहुना आउँदा आवश्यक पर्नसक्छ, त्यसैले अरु व्यवस्था पनि यथावत राखेर कतिपयमा घटाउन सक्ने प्रावधान राख्न गरिएको छ ।
यसअघि गत शनिबार राष्ट्रपति पौडेल बसन्तपुरस्थित कुमारी घर जाँदा पनि सडक खाली नगराई गएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments