चलचित्र संसार
पहिलो सगरमाथा आरोही शेर्पाका नाति नोर्गे ट्रेइनर हलिवुडमा जम्दै
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सन् १९५३ मा पहिलो पटक नेपालको चर्चित हिमाल सगरमाथामा पाइला टेकेका नेपाली मूलका तेञ्जिङ नोर्गे शेर्पा र विदेशी नागरिक एडमण्ड हिलारीलेको इतिहासमा बयान गर्ने कुनै अक्षर नै छैन् । तिनै आरोही मध्ये नेपाली मूलका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनर अहिले हलिवुड चलचित्र क्षेत्रमा आफनो पाइला टेकिरहेका छन् । उमेर २१ वर्ष मात्र लागेका शेर्पाका नाति नोर्गे ट्रेइनरलाई यतिबेला हलिउडमा भ्याइनभ्याइ छ ।
मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब–श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल सिटी’ विश्वचर्चित ओटीटी प्लेटफर्महरु हुलु र पिककमा प्रिमियर हुँदैछ । यो हलिउड सिरिजमा उनले आफ्नो आवाज दिएका छन् । हलिउड स्टुडियो ड्रिमवक्र्सले सिरिजको आकर्षक ट्रेलर सार्वजनिक गरेको छ ।
सन् २०१९ मा रिलिज भएको सगरमाथामा यति खोज्ने कथावस्तुमा आधारित ‘एबोमाइनेबल’मा पनि नोर्गेले अभिनय गरेका छन् । हुन त १० वर्षको उमेरमै उनले डिज्नी स्टुडियोको लोकप्रिय सिरिज ‘लिभ एण्ड म्याडी’मा पनि अभिनय गरेका थिए । उनले यतिबेला क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा बिजनेस मार्केटिङ डिग्रीमा अध्ययन गरिरहेका छन् ।
गत जुलाइमा उनले नेटफ्लिक्सको चर्चित सिरिज ‘बू एण्ड बीच’मा अभिनय गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments