पिएसजीका फरवार्ड एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तान

- चैत्र ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।
नियमित गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सले रिक्त रहेको स्थानमा एमबाप्पेलाई जिम्मेवारी प्रदान गरेको हो ।
२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेदेखि फ्रान्सका लागि ६६ क्याप जित्दा ३६ अन्तर्राष्ट्रिक्ष् गोल गरिसकेका छन् ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले फ्रान्सेली टिभी च्यानल टीएफ वानलाई आइतवार प्रसारण हुने अन्तर्वार्तामा एमबाप्पेले कप्तानी जिम्मेवारी पाउन योग्य रहेको बताएका छन् ।


फ्रान्सेली फुटबल महासंघ (एफएफएफले मंगलबार सामाजिक सञ्जालमा डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तान र एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानलाई उपकप्तानमा नियुक्त गरेको पुष्टि गरेको छ ।

एम्बाप्पे गत वर्षको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । कतारमा गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपमा कुल ८ गोल गरेका थिए । उनले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न मद्दत गरेका थिए, जहाँ फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित भएको थियो ।
सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका एमबाप्पे त्यसबेला उत्कृष्ट युवा खेलाडी बनेका थिए । युरो २०२४ क्वालिफायरको समूह ‘बी’ रहेको फ्रान्सले शुक्रबार राति घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि सोमबार राति आयरल्यान्डसँग खेल्ने तालिका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर