एलपी ग्यास बोकेको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
दैलेख ।
दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए।
डिएसपी लम्सालका अनुसार नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ।
दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन् ।‘ट्रक रोकेपछि उनी ओट हाल्न निस्किएका रहेछन्, ओट हाल्न नपाउँदै ट्रक खसेछ,’ डिएसपी लम्सालले भने।
सडकमै ट्रक खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरूद्ध भएको छ। साना सवारी साधन मात्र पास भइरहेको उनले जानकारी दिए । घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments