मौसम जानकारी
बुधबारदेखि मौसम केही अनुकुल रहने
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुधबारदेखि मौसममा केही सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागले जानकारी अनुसार मंगलबार भन्दा बुधबार मौसममा केही सुधार भएको छ ।
विभागका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार साँझमा भने स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हलुकादेखि मध्यम वर्षा भएको थियो । देशका अन्य पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हलुका वर्षा भइरहेको विभागले जनाएको छ।
मंगलबार राति पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा/हुरी/असिनासहित क्षणिक तथा हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments