चान्द्र पात्रोअनुसार संवत्सर फेरिने दिनमा राष्ट्रपति पौडेलले वनकालीमा गरे वृक्षारोपण
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षारोपण गरेका छन् । बुधबार बिहान वनकाली क्षेत्रमा उनले नागचम्पा फूलको बिरुवा रोपेका हुन्।
वृक्षारोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार चान्द्र पात्रोअनुसार संवत्सर फेरिने दिन परेकाले वनकाली क्षेत्रमा वृक्षारोपण गरिएको हो।
नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न मान्यताअनुरूप राष्ट्रपतिको हातबाट बिरुवा रोपिएको उनले बताए। राष्ट्रशान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षारोपण गराउने योजना रहेको भुसालले जानकारी दिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments