शीर्ष नेताहरुको बैठक
प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्ने विषयमा प्रचण्ड र देउवाबीच संवाद चल्दै

- चैत्र ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका छन् ।
एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘शीर्ष तहमा छलफल भइरहेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने छौं ।’
सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।
प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड र देउवाबीच संवाद चल्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर