•  २६ पुष २०८१, शुक्रबार

स्वास्थ्य सरोकार
सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने क्यान्सरको उपचारमा १० लाख

- चैत्र ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं

एक्सन नेपालले सन् २०१९ मा गरेको अध्ययनले सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएकाहरूको पहिचान र उपचारका लागि औषतमा ९ लाख ८१ हजार ३७० रुपैयाँ खर्च लाग्ने उल्लेख गरिएको हो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भई डिस्चार्ज भएका १०३ जना बिरामीमा अनुसन्धान गरिएको जानकारी दिए ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भई पहिचान र उपचार गर्दा बिरामीमध्ये १६ प्रतिशतले घरजग्गा बेचेर उपचार गरेको पाइएको अध्यक्ष चन्दले बताए । यस्तै, सुर्तीजन्य पदार्थबाट ओठ, जिब्रो, गिजा, मुख, फोक्सो, श्वास नली, पिसाब थैली लगायतको क्यान्सर भई तेस्रो÷चौथो चरणमा पुगेका बिरामीमा अध्ययन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर