बागमती प्रदेश
विश्वासको मतको लागि कांग्रेसले माग्यो दुई दिनको समय
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसले दुई दिन समय मागेपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलल विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित गराएका छन् ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’
कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको छ ।
माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments