बागमती प्रदेशसभा
कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुधबार दिउँसो काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
बैठकले केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय समेत गरेको उनले बताए ।
बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने चित्रकारले बताए
कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । यद्यपि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरेको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments