•  ११ पुष २०८१, बिहीबार

सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने अपेक्षा – प्रवक्ता मनिष, जसपा नेपाल

- चैत्र ८, २०७९ मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए । ‘बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं । यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ।’ उनले भने ।
नेता सुमनले बारा २ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताए । ‘बारा २ को उम्मेदवार को हुने निष्कर्ष निकालेको छैन ।’
‘पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्नेमात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन’ उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर