एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जुको स्वास्थ्य अवस्था सुधार आउँदै
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो ।
तीन दिन अघि भेन्टिलेटरबाट आइसियूमा सारिएको र अनुमान गरेभन्दा राम्रो सुधार भएको अन्जुका प्रशिक्षक रघुराज वन्तले बताएका छन् । ‘मैले पनि अन्जुलाई भेटे । मान्छे चिन्ने र समान्य बोल्न सक्ने भएकी छन्,’ वन्तले भने,‘डक्टरहरुले पनि सोचे भन्दा निकै राम्रो सुधार भइरहेको बताएका छन् । अझै तीन साता हेर्नुपर्छ भनेका छन्।’
गोकर्ण गल्फ रिसोर्टमा फागुन २३ गते भएको एसियन क्रस कन्ट्री जुनियर महिला (यू २०) मा अन्जु सम्मलित टोलीले रजत पदक जितेको थियो । गत मंसिरमा भएको नेपालगन्ज धारा म्याराथनको हाफ म्याराथनमा अन्जुले तेस्रो स्थान हासिल गरेकी थिइन् । एथलेटिक्ससँग सम्बन्धि विभिन्न व्यक्तिहरुले अन्जुको उपचारमा आर्थिक सहयोग गरिरहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments