प्रधानमन्त्री थ्री नेसन्स कप
नतिजा राम्रो आउन नसक्ने भन्दै नयाँ र पुराना खेलाडीको सन्तुलन
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फरवार्ड भरत खवासले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लाओसविरुद्ध पहिलो खेलमा सुरुवात गर्ने भएका छन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् ।
प्रशिक्षक भिंसेंजो अल्बर्टो अनेसेले अनुभवी फरवार्ड भरतलाई उनकै क्लब सहकर्मी नवयुग श्रेष्ठसँग अग्रपंक्तिमा उतारेका हुन् । चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन् । आयुष घलान पनि अग्रपंक्तिमा रहनेछन् ।
मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् । सनिश श्रेष्ठ राइट ब्याक तथा विकास खवास लेफ्ट ब्याक छन् ।
प्रशिक्षक अनेसेले गत साता पत्रकार सम्मेलनमा बोल्दै चरणवद्ध रुपमा आफ्नो योजना अनुसार नयाँ खेलाडी समावेश गर्ने बताएका थिए । उनले एकैपटक परिवर्तन गर्न खोज्दा नतिजा राम्रो आउन नसक्ने भन्दै नयाँ र पुराना खेलाडीको सन्तुलन कायम राख्ने बताएका थिए ।
त्यसअनुसार आज लाओसविरुद्ध अनुभवी खेलाडी नै पहिलो रोजाइमा देखिन्छ । अनेसेले आफ्नो पुरानो क्लबमा विशेषत ४–३–३ को रणनीतिमा खेलाउने गरेको र नेपाली टोली पनि त्यसमा अभ्यस्त छ । यसबाहेक प्रशिक्षकले व्यक्तिगत अपेक्षा अनुसार खेलाडी प्रयोग गर्न सक्छन् ।
गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । गत साता मात्र भारतीय लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् । उच्च लयमा रहेका किरणपछि दीप कार्की र अभिषेक बराल ब्याकअपको रुपमा रहनेछन् ।
डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी निरन्तर छ । कुनै समय राष्ट्रिय टोलीमा पनि डिफेन्सिभ मिडफिल्डमा खेलेका रोहित पछिल्लो समय भने अनन्तसँग डिफेन्समा जमेका छन् । प्रशिक्षक अनेसेले टोलीको आवश्यकता देखेर रोहितलाई मिडफिल्डमा खेलाउँदा भने आदित्य चौधरी विकल्पको रुपमा छन् । युवा डिफेन्डर पदम भट्टराई पनि पहिलो पटक टोलीमा पर्दा केहि मिनेटको अपेक्षा गरिरहेको हुनेछन् ।
विंगब्याकतर्फ नेपालले सनिश श्रेष्ठलाई राइट ब्याकमा खेलाएको छ । लिगमा एपिएफका लागि उच्च प्रदर्शन गर्दै आएका उनीबाहेक टोलीमा प्राकृतिक राइट ब्याक छैनन् । विकास खवास डिफेन्सको सबै क्षेत्रमा खेल्न सक्ने भएकाले उनको भूमिका पनि महत्त्वपूर्ण रहनेछ । लेफ्ट ब्याकमा उनी सुरुवात गर्दैछन् भने निशान खड्का विकल्पमा छन् ।
सेन्टर मिडफिल्डमा पुजन उपरकोटीले रक्षात्मक भूमिका निर्वाह गर्नेछन् । यसबाहेक एरिक विष्टलाई नविन लामाले सेन्टर मिडफिल्डमा साथ दिँदैछन् । यी दुईको विकल्पमा कमल थापा र मणि लामाले बेन्चमा ब्याकअपको रुपमा रहेका छन् । सुमित श्रेष्ठ खेलको अवस्था अनुसार फरक पोजिसनमा खेल्न सक्ने भएकाले वैकल्पिक खेलाडीको रुपमा उत्रन सक्छन् ।
आक्रमणमा नवयुग श्रेष्ठसँगै भरत खवास र आयुष घलान छन् । नवयुग राष्ट्रिय टोलीका लागि घरेलु मैदानमा पहिलो गोल गर्ने लक्ष्यसहित मैदानमा हुनेछन् । प्रशिक्षक अनेसेले फरवार्ड अन्जन विष्ट खेलका लागि उपलब्ध हुने पक्का गरेकाले उनी बेन्चबाट आउने सम्भावना छ । आशिष चौधरी, मनिष डाँगी र दीपक राज सिंह ठकुरीले पनि खेल बढ्दै जाँदा बेन्चबाट पसेर आफ्नो गति प्रयोग गर्न सक्छन् ।
सम्भावित सुरुवाती ११
किरण चेम्जोङ
सनिश श्रेष्ठ – अनन्त तामाङ – रोहित चन्द – विकास खवास
पुजन उपरकोटी
एरिक विष्ट – नविन लामा
भरत खवास – नवयुग श्रेष्ठ – आयुष घलान
थ्री नेसन्स कपका लागि पूर्ण टोली –
गोलरक्षक (३) – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब, भारत), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)
डिफेन्डर (७) – रोहित चन्द (प्रेसिक केडिरी, इन्डोनेसिया ), अनन्त तामाङ (चर्च ब्वाइज), आदित्य चौधरी (जावलाखेल), विकास खवास (आर्मी), सनिश श्रेष्ठ (एपिएफ), निशान खड्का (संकटा), पदम भट्टराई (खुमलटार)
मिडफिल्डर (८) – मणि लामा (एपिएफ), नविन लामा (एपिएफ), पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , कमल थापा (मनाङ) , आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा) र सुमित श्रेष्ठ (मनाङ)
फरवार्ड (५) – दीपक राज सिंह ठकुरी (सातदोबाटो), मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ (आर्मी), भरत खवास (आर्मी) र अन्जन विष्ट (चर्च ब्वाइज)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments