प्रधानमन्त्री थ्री नेसन्स कप
खेलमा प्रदर्शन भन्दापनि नतिजा सुखद पाटो > पहिलो खेलमा बुधबार नेपालले लाओसलाई २–० पराजीत गर्यो

- चैत्र ९, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको नेतृत्वमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा बुधबार नेपालले लाओसलाई २–० ले हराएको हो ।
नेपालका लागि पहिलो हाफमा अनन्त तामाङ र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका थिए । अनन्तले नविन लामाको कर्नरबाट हेडरमार्फत गोल गरेका थिए । त्यस्तै नवयुगले गोलरक्षकले खेलेको लामो पासलाई लाओसको हाफको मध्यभागमा नियन्त्रण गर्दै भलीमार्फत दर्शनीय गोल गरे । दुवै गोलबाहेक नेपाली टोलीले विपक्षी गोलरक्षकलाई कमै चुनौती दियो । दोस्रो हाफमा आयुष घलानले सुवर्ण अवसर खेर फाल्दा अग्रता बढ्न सकेको थिएन ।

नेपालले खेलको सुरुवातमा केहि आक्रामक मुभ निर्माण गरेको थियो । मिडफिल्डबाट लेफ्ट विंगमा रहेका आयुषबाट पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्ने नेपालको पटक पटकको प्रयास पेनाल्टी क्षेत्र भित्र भने पुग्न सकेन ।
राइट विंगमा भरत खवासले लगातार दबाब सिर्जना गरेपनि बलमा हुँदा भने खास प्रभाव जमाउन सकेनन् । त्यसैले पनि दोस्रो हाफमा प्रशिक्षक अनेसेले मनिष डाँगीलाई उनको स्थानमा खेलाए ।नेपालले खेल अवधिभर नै विपक्षीसँग बल हुँदा आफ्नो डिफेन्सिभ सेपमा बढी ध्यान दियो । काउन्टर अट्याकमा केहि छरितो हुने प्रयास गरेपनि खेलाडीबीच समन्वय अभाव हुँदा त्यसले राम्रो प्रतिफल दिन सकेन ।
खेलपछि प्रशिक्षक अनेसे आफैंले पनि पर्याप्त समय नभएको र खेलाडीहरुले सोचेजस्तो छरितो खेल्न नसकेको बताए डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी पुनः एकपटक बलियो प्रदर्शन गर्न सफल रहयो ।
कप्तान किरण चेम्जोङसम्म कमै मात्र बल गयो । तर लाओसले पटक पटक गरेको प्रयासमा कप्तान किरण चनाखो देखिन्थे । विंग ब्याकमा भने प्रशिक्षक अनेसेले नयाँ प्रयोग गरे । सनिश श्रेष्ठलाई डेब्यु दिँदा विकास खवासले लेफ्ट ब्याकमा खेले ।
दुवै खेलाडी क्लब फुटबलमा सेन्टर ब्याकमा पनि खेल्ने गर्छन् । रक्षात्मक रुपमा निकै भरपर्दा यी दुवै आक्रमणमा भने खास व्यस्त हुन पाएनन्, वा भनौं गएनन् ।
मिडफिल्डमा नेपालले बल पोसेसन राख्न नसक्नुमा खेलाडीबीच समन्वयको अभाव प्रष्ट देखिन्थ्यो । सामान्यतया खेलिने वन–टु पास साटफेरमा पनि खेलाडीबीच तालमेल नमिलेको देखिन्थ्यो त्यसबाहेक आफ्ना आक्रमणका खेलाडीले बनाएका रन बिहाइन्डमा योजना अनुसार पास खेलिएको थिएन । प्रशिक्षक अनेसेले मात्र २ दिन पूर्ण प्रशिक्षण भएकाले खेलमा प्रदर्शन भन्दापनि नतिजा सुखद पाटो रहेको अभिव्यक्ति दिए ।
प्रशिक्षक अनेसेले ए डिभिजनको प्रदर्शनलाई आधार मान्दै टोली छनोट गरेका थिए । यसक्रममा उनले आफैं मैदान पुगेर देखेका खेलाडीलाई प्राथमिकतामा राखेको बताएका थिए । लाओसविरुद्ध उनले उतारेको सुरुवाती ११ मा पनि अनुभवी खेलाडीकै बाहुल्यता थियो । तर उनले आफ्नो योजनासँगै बिस्तारै टोलीमा परिवर्तन गर्ने भने आशा गर्न सकिन्छ ।

खेलको दोस्रो हाफमा मनिष डाँगीलाई प्रयोग गरेका अनेसेले दोस्रो हाफ चल्दा थप तीन खेलाडीलाई डेब्यु दिए । उनले पहिलो पटक पत्रकार सम्मेलनमा नै युवा खेलाडीमा अनुभवको कमी रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने बताएका थिए । सोहिअनुसार अनेसेले आज लगातार खेलाडी परिवर्तन गर्दै नयाँ अनुहारलाई अन्तर्राष्ट्रिय अनुभव दिए ।

पहिलो खेलमा सुखद नतिजाले आफ्नो यात्रालाई राम्रो सुरुवात मिलेको अनेसेले बताएका छन् । उनले टोलीले आफूले अपेक्षा गरे अनुसार रणनीति अपनाएको पनि बताए । अनेसेको भनाइ मान्ने हो भने भुटानविरुद्ध नेपालले आफ्नो खेलशैलीमा परिवर्तन गर्ने अपेक्षा सकिन्छ । पूर्ण रुपमा योजना अबलम्बन नहुँदा जित दिलाएका अनेसे अब भने आफ्नो योजना अनुसार उत्रने सुरमा हुनेछन् । लाओसविरुद्ध गरिएको प्रयोग र प्रदर्शनको नतिजाले भुटानविरुद्ध अनेसेको असली प्रदर्शन देखिने अपेक्षा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर