प्रहरी नजर
लोकन्थलीस्थित मझेरी क्याफेबाट सञ्चालक गिरी सहित १६ जुवाडे पक्राउ
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मझेरी क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले बुधबार साँझ जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । । जसमा भारतीय नागरिकसहित १६ जना जुवाडेबाट तीन लाख बढी नगद बरामद गरिएको छ ।
क्याफेका सञ्चालक दिलीप गिरी पनि जुवा खेलेको अवस्थामा पक्राउ परेका छन् । उनीहरू सोही क्याफेमा जुवा खेलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका–१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका–५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका–६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल–१ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी–९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा रहेका छन् ।
यस्तै, पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, पाँचखाल–३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, नमोबुद्ध–७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल र ३६ वर्षीय गोपाल कुईकेल पक्राउ परेका छन् ।
मकवानपुर हेटौडा–१८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक–३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका–६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुवा खालबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ८ सय ५० र ४८ हजार ५सय भारतीय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।पक्राउ परेका १६ जनालाई परिसर भक्तपुरमै थुनामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments