हाम्रो छिमेकी
भारतको तमिलनाडु राज्यमा छोराहरुले गराए आमाको पुनर्विवाह

- चैत्र ९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारतको तमिलनाडुको कल्लाकुरिची प्रांगमपटुमा छोराले आमाको दोस्रो विवाह गराएका छन् । विवाह गर्ने बेला भएको छोराले उसको हैन उसकी आमा अर्थात् मेरो पुनर्विवाह गर्न आग्रह गर्दा म स्तब्ध भएँ।
फेरि सेल्वी भन्छिन्, साथै यस समाजमा मेरा छोराहरूको जस्तो मानसिकता अरूमा देखिन्न भन्ने सोच्दा मलाई गर्व लाग्थ्यो। यहाँ धेरै महिला छन् जसले आफ्ना श्रीमान् गुमाएका छन्, र उनीहरूले एक्लै छोराछोरी हुर्काउँदै आएका छन्।
भास्कर र उनका भाइ विवेकले किशोरावस्थामा आफ्ना बुबा गुमाएका थिए। सन् २००९मा जब उनका बुबाको निधन भयो, भास्कर भेलोरमा इन्जिनियरिङको पहिलो वर्षमा अध्ययन गर्दै थिए भने उनका भाइ विवेक ११ कक्षामा पढ्दै थिए।
भास्करले भने, “त्यति बेला त हामीले आमाको दोस्रो बिहेको बारेमा सोचेका पनि थिएनौँ। मैले धेरै महिलाले पतिको मृत्युपछि यसै गरी एक्लै सन्तान हुर्काएको देखेको थिएँ। त्यसैले सोचाइ पनि त्यस्तै थियो।“
तर म इन्जिनियरिङ कलेजको तेस्रो वर्षमा पढ्दा एक जना शिक्षकलाई भेट्न गएका बेला आमाको कुरा निस्क्यो। त्यसबेला गुरुले भन्नुभयो, तिम्री आमा यति लामो समयसम्म एक्लै बसिरहनु भएको छ, उहाँ दोस्रो बिहे किन गर्नु हुँदैन? त्यो कुरा आयो गयो, त्यो आमासँग भन्ने कुरै थिएन, त्यसै भयो।’


भास्करले यसबारे लामो समयसम्म केही सोच्न सकेनन्। उनको कलेजको पढाइ पूरा भयो। उनी काम गर्न थाले। किताब पढ्ने सोखका कारण उनले संसारभरका कुरा पनि थाहा पाउन थाले। उनले पुनर्विवाहबारे विभिन्न लेखहरू पढे। त्यसपछि साथीहरूसँग पनि यही विषयमा कुराकानी हुन थाल्यो ।
त्यसपछि भास्करले सोचे कि आमा पनि एक्ली हुनुहुन्छ उहाँको पुनर्विवाह किन हुन सक्दैन? यो विचार आएपछि उनले आफ्ना भाइसँग सल्लाह गरे। भाइलाई पनि त्यसमा कुनै आपत्ति थिएन।

त्यसपछि दुवै दाजुभाइ मिलेर आमालाई मनाउने काम थाले। भास्करले भने, “आमाको जीवन हाम्रै वरिपरि घुमिरहन्थ्यो। त्यसैले आमाले सुरुमा त्यसबारे कुरा गर्न अनिच्छा जाहेर गर्नुभयो।
तर हामीले बिहेबारे सन्दर्भ मिल्ने बित्तिकै कुरा अगाडि बढाउन थाल्यौँ। एक दिन मेरी आमाले मलाई तिम्रो बिहे गर्ने बेला भयो अब गर भन्नुभयो। त्यसबेलामा मैले भनेँ, यदि तपाईँ बिहे गर्नुहुन्छ भने म पनि गरौँला।“

’उनीहरूले हामीले भित्र लुगा लगाइरहेका छौँ कि छैनौँ भनेर सोधे’
भास्कर भन्छन्, “त्यसपछि मैले आमासँग यसबारे बारम्बार कुरा गर्न थालेँ। मैले उहाँलाई भनेँ कि तपाईँ लामो समयदेखि एक्लै सङ्घर्ष गरिरहनु भएको छ। तपाईँले पुनर्विवाह गर्नुपर्छ अनि म पनि बिहे गर्छु।“

आमाको स्वीकृति पाएपछि दुवै छोराको अर्को चुनौती उपयुक्त दुलहा खोज्ने थियो । भास्करले भने, “हामी आमाको विवाह त्यस्तो व्यक्तिसँग गर्न चाहन्नथ्यौँ जसको पत्नीको निधन भएको थियो र उसले मेरी आमासँग दोस्रो विवाह गरून्।“
भास्करले आफ्नी आमालाई कैयौँ दिन लगाएर खोजिएका वरसँग कुराकानी गरेर हेर्नुहोस् अनि अगाडिका कुरा तय गरौँला भनेँ। जोसँग आमा सेल्वीले पछि बिहे गरिन् उनी आफ्ना हुनेवाला पतिसँग प्रेम गर्न थालेकी थिइन्।
सेल्वी भन्छिन्, “मलाई धेरैले सोधे, छोराछोरीले भने पनि यतिका वर्षपछि कसरी यस्तो जीवन बिताउन राजी हुन सक्छ्यौ? सम्बन्ध विच्छेद गरेकाहरूका लागि पुनर्विवाह गर्ने कानुन छ भने म किन डराउनु?“
उनले भनिन्, “छोराछोरीका लागि बोझ नबनिकन आफ्ना लागि जीवनसाथी खोज्नुमा कुनै नराम्रो कुरा छैन। विवाह भनेको यौनका लागि मात्र होइन। एकजना मित्र अथवा साथी हुँदा तपाईँलाई साहस मिल्छ।“

“एक्लै बाँच्न धेरै गाह्रो छ। यसरी बाँच्न आवश्यक छैन। म चाहन्छु कि मानिसहरूले आफ्नो जीवनलाई महत्त्व दिउन्। अरूले के भन्छन् भन्ने पर्बाह नगरुन्।“सेल्वीको दोस्रो विवाहमा उनको परिवारका कोही पनि सहभागी भएनन् ।

उनको दोस्रो श्रीमानका परिवारका सदस्यहरू मात्र उपस्थित थिए।भास्कर भन्छन्– ’’मेरी आमाको परिवारका सदस्यहरूले लामो समयसम्म हामीलाई बहिष्कार गरेका थिए, अब हामीले बुझेका छौँ कि यसबाट हामीलाई कुनै हानी छैन।’’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर