लोक संगीतको बजारमा हँगामा मच्चाई रहेकी लोक संगीतकी नायिका शोभा त्रिपाठी
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मुगु रारा तालैमा
परे माया जालैमा
अहिले नेपाली सांगीतिक बजारमा यो गीतले हंगामा मच्चाई रहेको छ । सामाजिक सञ्जाल टिकटक देखी युट्युवको ट्रेन्डिङमा सम्म अहिले यो गीत चर्चित छ । बिशेष गरेर विवाह, पार्टी, पिकनिकमा समेत गीत प्राथमिकतामा परेको छ । रोमान्टिक लोक पप शैलीको यो दोहोरी शैलीमा तयार पारिएको यस गीतकी गायिका हुन् शोभा त्रिपाठी उनलाई गीतमा साथ दिएका छन् टंक तिम्लिसिनाले ।
नेपाली लोक संगीतको क्षेत्रमा आफूलाई उभ्याउन सफल भएकी गायिका त्रिपाठीले यो क्षेत्रमा छाप बसाउन धेरै पापड बेल्नु परेको रहेछ । धादिंगको मलेखु थातथलो भएकी त्रिपाठी नेपाली संचार क्षेत्रमा पनि त्यति कै व्यस्त छिन् । विभिन्न टेलिभिजनहरुमा लोक संगीतका कार्यक्रमहरुलाई आफनै मुखारविन्दु बाट पस्किदै आएकी गायिका त्रिपाठीले सांगितीक क्षेत्रमा धेरैलाई प्रभावित पारेकी छिन् ।
‘तीज हाम्रो संस्कृति हो । त्यसको संरक्षणका लागि वर्षमा एउटा गीत अनिवार्य ल्याउँछु,’ उनले भनिन्, ‘वर्षमा अन्य गीत ३/४ वटा पनि आउँछ ।’
बिशेष गरेर तिज महोत्सवलाई ध्यान दिएर गीतहरुलाई बजारमा ल्याउने त्रिपाठीलाई सुरीलो स्वरकी धनी भन्दा फरक पर्दैन् । कोइलीको जस्तो स्वरमा आफना दर्शकलाई मन्त्र मुग्ध पार्न सक्ने अद्भुत कला भएकी गायिका त्रिपाठीका धेरै लोक संगीतका भिडियोहरु बजारमा आई सकेका छन् ।
भर्खर आएको त्रिपाठीको मुगु रारा तालैमा गीतले नेपाली सांगीतिक बजारमा प्रख्यातिको झ्याली पिटेको छ । त्रिपाठीको प्राय जसो लोक गीतहरु माया र तिर्सनामा आवद्ध भएका हुन्छन् । युवायुवतीहरु माझ त्रिपाठीको गायन कला प्र्रख्यातिको शिखरमा छ ।
पछिल्लो समय गायक/गायिकामा आफ्नो म्युजिक भिडियोमा आफै अभिनय गर्ने चलन बढ्दो छ । आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्ने पनि उनले बताइन । जसले गर्दा गीतले खोजे जस्तो अभिनय दिन सकिन्छ ।
एउटी गायिकाको लागि सबैभन्दा ठूलो माया भनेको दर्शक, श्रोताको माया नै हो । मुगु रारा तालैमा परे माया जालैमा भने झै गायिका त्रिपाठी लोक संगीतको माया जालमा परेकी रहेछिन् । दशकदेखि गायन क्षेत्रमा आफनो क्यारियरलाई दौडाउँदै हिंडेकी गायिका त्रिपाठीका अहिले सम्म दर्जन माथि एल्बमहरु बजारमा आइसकेका छन् । त्रिपाठीले बजारमा ल्याउने लोक गीतहरुमा आफनै संस्कृति र यसको छविलाई उर्ताने प्रयास गरेको पाइन्छ ।
युट्युवमा ट्रेन्डमा पुग्न सफल भएका आफ्ना गीतहरु सुनेर आफनो मन निकै आन्नदीत हुन्छ भन्ने शोभा मधुर मुस्कान साथ सेता दाँत देखाउँदै भन्छिन् खुशीका लागि साथीभाईमाझ सेलिब्रेसन गरिन्छ।
सानैदेखि स्कुल कलेजका कार्यक्रममा भाग लिन्थिन् । त्यो क्रममा सबैले स्वर राम्रो छ, गायिका बन्नुपर्छ भनेर हौस्याउँथे । त्यो समय न उनले गायन बुझेकी थिइन्, न गीत । तैपनि गीत गाउन रमाइलो लाग्थ्यो उनलाई ।
यसरी शौखको रुपमा गाउँदै अगाडि बढिन् । भविष्यमा यस्तो बन्छु भन्ने दिमागमा आउनु पहिले नै आफूले गायन सुरु गरिसकेको उनले सुनाइन् ।
एक दशक बढी समय बितिसक्यो उनले गायन क्षेत्र अंगालेको । गायन उनलाई यसकारण फापेको छ कि यसैबाट नाम र दाम दुबै कमाइरहेकी छन् । ‘घरमा आफ्ना लागि पकेट खर्च माग्नुपर्दैन । सबै पुगेको छ । त्यसमै सन्तुष्टी छ,’ उनी खुसी देखिइन् । त्यसो त गायनबाट अधिक कमाउने चाहना पनि छैन उनमा । आफ्नो युट्युव च्यानल, अडियो र टिकटकबाट पनि आम्दानी हुने गरेको उनी सुनाउँछिन् । राम्रो कन्टेन्ट दिन सकियो भने अहिले गायक गायिकालाई बाँच्न गाह्रो नभएको उनको जिकिर छ ।
अहिले त्रिपाठीका प्राय गीत हिट छन् । ‘गायक गायिकाको धेरै गीत चल्नु पर्दैन । एउटै गीत चलेपनि पुग्छ’, उनले अगाडि भनिन् ‘जब गीत चल्छ, तब स्टेज कार्यक्रमले भ्याइ नभ्याइ हुन्छ । आम्दिानी पनि त्यहीअनुसार बढ्ने नै भयो ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments