शिक्षकको मापसे परीक्षणका लागि ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
खोटाङ ।
कक्षा सञ्चालनको समयमा विद्यालयका शिक्षकले नियमित मापसे गरेर कक्षामा आउने गरेको विद्यार्थीको गुनासोपछि हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको मापसे परीक्षणका निमित्त उपकरण खरिद गर्ने भएको हो ।
नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । उनका अनुसार मापसे परीक्षण गर्ने उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय भएको छ ।
विगतमा पनि वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना रहेको बताउँदै राइले कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेका गुनासो रहेको बताइन् । यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।
आवश्यक परेको समयमा मापसे गर्ने सबैको मापसे जाँच गर्न उपकरणको प्रयोग गरिने नगरप्रमुख राईले बताइन् । विशेषगरी शिक्षकलाई लक्षित गरेर मापसे परीक्षण गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो । दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म पादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्ने डिजिटल उपकरण छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments