राप्ती अञ्चलकै पुरानो र जेठोको क्याम्पस महेन्द्र बहुमुखीमा नेविसंघको प्यानल विजयी
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
दाङ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल विजयी भएको छ। बुधबार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्ववियुको सभापतिमा निर्वाचित भएका हुन्।
उनले १ हजार ९६ मत प्राप्त गदै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्त उम्मेदवार महराले ६२० मत प्राप्त गरेका थिए। क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले तालमेल गरेका थिए।
त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी ( खुमन) ले १२४ मत प्राप्त गरेका थिए। यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले १३० र अनेरास्ववियु छैटौँ ( क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गरेका थिए।
सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी विजयी भएका छन्। उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९९६ मत ल्याएर विजयी भइन्, भने अखिल संयुक्तका सागर पण्डितले ६९४ मत प्राप्त गरि पराजित भए।
यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल विजयी भएका छन्। चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो।
क्याम्पसमा ५ हजार ९४० जना मतदाता रहेकामा २ हजार १३२ मत खसेको छ। २०१६ सालमा स्थापना भएको क्याम्पस साविक राप्ती अञ्चलकै पुरानो र जेठोको क्याम्पसका रुपमा रहेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments