प्रिमियर कपमा नेपाल र ओमन एउटै समूहमा
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एसियन क्रिकेट काउन्सिल (एसिसी ) ले अर्को महिना नेपालमा हुने प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन गरेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् । यसअघि नेपाल, युएई र कुवेत एकै समूहमा थिए । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ । यसअघि प्रतियोगिता अप्रिल २४ देखि मे ८ सम्म टियु र मुलपानीमा हुने भनिएको थियो । खेल तालिका र समूह दुबै परिवर्तन गरेको छ ।
नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ ।
नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा ( अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ ।
सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ । फाइनल वैशाख १८ गते (अप्रिल १) मा टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments