•  २६ पुष २०८१, शुक्रबार

बारा २ को उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने कुरा स्वाभाविक – वरिष्ठ नेता भण्डारी लोसपा नेपाल

- चैत्र ९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन् ।
उनले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए।
वरिष्ठ नेता भण्डारीले भने, ‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे हाम्रो छलफल भयो। साथै सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ। हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ। गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ।
यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ। गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ। संगठन विस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ। उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ। बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वाभाविक हो।’
वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि बताए। उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर