प्रतिनिधि सभा
‘ढ्यापढ्यापे’ समयका रुपमा आएको समयलाई ‘आकस्मिक समय’ को रुपमा ल्याउन सांसदहरुको प्रस्ताव
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा सांसदहरुले एकल र सामूहिक संशोधन प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती हुने गरी संशोधन प्रस्तावहरु राखेका छन्।
उनीहरुले नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी गर्नुपर्ने संशोधन राखेका छन्।
मस्यौदाको नियम १३ मा उपनियम ४ थप्ने गरी यस्तो संशोधन राख्नेहरुमा कांग्रेसका राजेन्द्रकुमार केसी, सञ्जयकुमार गौतम र रामहरि खतिवडा, माओवादी केन्द्रका माधव सापकोटा, रुपा सोसी चौधरी र नारायणी शर्मा, एकीकृत समाजवादीका अम्मरबहादुर थापा र भानुभक्त जोशी तथा जसपाकी रेखा यादव छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले पनि सभामुखको अधिकार कटौती हुने किसिमले संशोधन प्रस्ताव पेस गरेका छन्। नियम १४ को उपनियम १ मा रहेको ‘सभामुखले बैठकमा पेस हुने विषयमाथि छलफल गर्न समयावधि तोक्नेछ’ भनिएकोमा ‘सभामुखले बैठकमा पेस हुने विषयमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक
रास्वपाकै सांसद सुमना श्रेष्ठले विश्राम समय राखिनुपर्ने उल्लेख गरेकी छिन्। ‘कार्यसूची तयार गर्दा प्रत्येक तीन घण्टामा खाजाका लागि एक घण्टा विश्राम समय राखिनेछ’, उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘तर, विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज पनि गर्न सकिनेछ।’
लामो समय खाजा र विश्राम नलिई काम गर्दा कार्यसम्पादनमा असर पर्ने र निश्चित खाजा समय नतोक्दा सदस्यहरु विभिन्न समयमा खाजाका लागि सदनबाहिर जाने भएकाले सदनमा चल्ने बहस छुट्न जाने हुँदा, समय नै तोकेर विश्राम लिनु उपयुक्त हुने उनको टिप्पणी छ।
रास्वपाकै सांसद सुमना श्रेष्ठले विश्राम समय राखिनुपर्ने उल्लेख गरेकी छिन्। ‘कार्यसूची तयार गर्दा प्रत्येक तीन घण्टामा खाजाका लागि एक घण्टा विश्राम समय राखिनेछ’, उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘तर, विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज पनि गर्न सकिनेछ।’
माओवादी केन्द्रका चौधरी र शर्माले शून्य समयभन्दा अघि ‘आकस्मिक समय’ थप गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन्। माओवादी केन्द्रकै सापकोटाले ‘यसअघि प्रतिनिधि सभामा ‘ढ्यापढ्यापे’ समयका रुपमा तजबिजबाट प्रयोग हुँदै आएको समयलाई नियमावलीमा नै व्यवस्था गरी शून्य समय र विशेष समयको अघि ‘आकस्मिक समय’का रुपमा प्रयोगमा ल्याउने’ संशोधन प्रस्ताव राखेका छन्।
मस्यौदामा रहेको मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेखमा राख्ने व्यवस्था मिलाइनेछ भन्ने नियमलाई संशोधन गरी मातृभाषा वा रोजेको भाषामा दिएको मन्तव्यलाई पनि अभिलेखमा राख्ने व्यवस्था मिलाउन सकिने प्रस्ताव जनमत पार्टीका सांसद सीके राउतको छ।
सदस्यको पोशाक सभामुखले तोक्ने नियममा पनि संशोधन राखेका छन्। उनले सदस्यले आफ्नो रोजाइको वा आफ्नो संस्कृति झल्किने पोशाक लगाउन सक्ने प्रस्ताव राखेका छन्।
त्यस्तै, राजनीतिक दलका एक–एक प्रतिनिधिलाई शून्य समय २ मिनेट र ढ्यापढ्याप वा विशेष समय ७ मिनेट दिने, कुनै प्रस्तावमाथि छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुलाई १०–१० मिनेट र पूर्वप्रधानमन्त्रीहरुलाई १२ मिनेट दिने संशोधन प्रस्ताव पनि परेको छ। हाल पूर्वप्रधानमन्त्रीलाई समयको बन्देज छैन।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments