धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को आरोपमा गुरु विरुद्ध मुद्दा दायर
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी गुरूप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ ।
८ चैतमा सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो
रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २४ मंसिरमा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो ।
कम्पनीको अध्यक्षमा बहाल रहँदा १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म कम्पनीको सेयर खरिद बिक्री गरेको विषयमा उनीमाथि छानबिन गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएको बोर्डको ठम्याइ छ ।
उक्त छानबिनको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको बोर्डले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments