•  २६ पुष २०८१, शुक्रबार

वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधन
“यो रेडियो नेपाल हो, सुन्नुहोस्, आजका मुख्य–मुख्य समाचार” अब यो आवाज स्मृतिमा

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

धेरै पहिले हामीले प्रायः दिउँसो साडे दुईबजेको समाचार एउटा शुद्ध र सुरिलो स्वरमा सुन्दै आएको हो, त्यही समृद्ध आवाजकी धनी बिशिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ ।
वरिष्ठ रेडियोकर्मी ताम्राकारकोे ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो ।काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् ।
२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन् ।
यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् । उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर