•  ११ पुष २०८१, बिहीबार

सरकार निर्माणका लागि पनि धेरै माथापच्ची गर्नुपर्ने अवस्था रहेको छ – सम्मानित नेता खनाल

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
पाँचथर ।

नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता झलनाथ खनालले संघमा आफूहरुले तीन मन्त्रालय पाउनुपर्ने दाबी गनेका छन्। मन्त्रालयमा भागबण्डा नमिलेर सरकार विस्तारमा ढिलाइ भईरका बेला कार्यकर्तालाई प्रशिक्षण दिन पाँचथर सदरमुकाम फिदिम पुगेका खनालले तीन संघमा तीन मन्त्रालय र उपनिर्वाचनका लािग एउटा ठाउँ आफूहरुले पाउनुपर्ने बताएका हुन्।
खनालले भने ‘संघिय सरकारमा हामीलाई तीन मन्त्रालय दिनु पर्छ। अब हुने तीन ठाँउको उपनिवार्चमा एक ठाँउ हामीलाई दिनु पर्छ।’ तत्कालीन नेकपा नेतृत्वको सरकार विघटन भएपछि देश अस्थिरता तर्फ गएको उनको भनाइ थियो।
सरकार निर्माणका लागि पनि धेरै माथापच्ची गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। ले बताए । तीन चार दिनमा सरकार बन्ने बताएका खनालले यो सरकार पनि कहिलेसम्म टिक्ने भन्ने टुङ्गो नभएको बताएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर