•  २६ पुष २०८१, शुक्रबार

विश्व क्षयरोगविरुद्धको दिवस
हुक्का, चार्ज गर्न मिल्ने ‘भेप’ सँगै चुरोट तान्ने लत फेसनको माध्यम बन्न थाल्यो

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राजधानीको भिमसेनगोला विजयचोक स्थित एक क्याफेमा दैनिक जसो भेटिन्छिन् रमिला बुढाथोकी । चोक नजिकको एक कलेजमा विविए दोस्रो वर्षमा अध्ययनरत बुढाथोकीको दैनिकी तब सुरु हुन्छ जब उनको दुई औलाको कापमा चुरोटको फिल्टर च्यापिन्छ ।
हल्का मोटो शरिरलाई तन्काउँदै कलेजको ड्रेसमा सजिएर क्याफेमा चुरोटको तान्नुको मजा नै अर्कै छ भन्छिन् बुढाथोकी । चुरोटको साथमा चियाको चुस्कीलाई ओठमा पुर्याउँदाको आन्नदलाई बुढाथोकी कहिले पनि भुल्दिनन् ।
प्राय जसो आफनो ब्वाईफ्रेण्डको साथमा क्याफेको हावा मार्ने बुढाथोकीलाई चुरोटको लत बसेको धेरै भईसकेको छ । बुढाथोकीको लागि चुरोट एउटा चरम आन्नद दिने माध्यम बनेको छ ।


साथीहरूसँग गफिदै बस्दाबस्दै, एक दुई पटक तान्दातान्दै उनलाई चुरोटको लत बस्यो । बुढाथोकी सँगै बसेका रिजन लामा पनि अहिले चुरोटको पारख बनेका छन् । थातथलो जन्मघर झापा भएपनि उनले राजधानीको हावा खान थालेको १० वर्ष भै सकेछ । यही अवधिमा कलेजका साथीभाईहरुको साथ संगतले उनलाई पनि चुरोटको लत बसेको रहेछ । उनलाई पनि साथी–सङ्गत र उनीहरूसँगको उठबसले चुरोट पिउने बानी प¥यो । प्राय बिहानको समयमा लामालाई चुरोट नभई हुँदैन । चुरोट सँगै कालो चिया मिल्यो भने सुनमा सुगन्ध हुन्छ भन्छन् लामा ।

उनमा चुरोटको लत भने पारिवारीक वाताबरण गर्दा निम्त्याएको रहेछ । उनले पहिलो पटक बुवाले चुरोट पिएको देखेपछि यसको स्वाद कस्तो हुन्छ होला भन्ने हुटहुटी पैदा भएको रहेछ । त्यही हुटहुटी अहिले लत बन्यो भन्छन् लामा ।
माथिल्ला तिन उदाहरण त देखीएका पात्र मात्र हुन् । यस्ता चुरोटका पारखीहरुले अहिले आधुनिक समाजको डाँडापाखा घेरेका छन् । बिभिन्न पार्टी देखी पिकनिक सम्म अहिले चुरोट नभई नहुने भै सकेको छ ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गरिएको छ । तर, सार्वजनिक स्थान ( बाटो, पार्क, बस) मै धूमपान गर्नेहरू छ्यापछ्याप्ती देख्न पाइन्छ ।

किशोरकिशोरीहरू खुल्लमखुल्ला चुरोट पिइरहेको पहिला कमै देखिए पनि अहिले यसको गतिमा तिब्रता आउन थालेको बताउँछन् पुरानो बानेश्वरमा कोल्ड स्टोर चलाएर बसेका हिरण्य दाहाल ।
दाहाल भन्छन् , औसत गतिमा भन्ने हो भने अहिले पुरुषको तुलनामा महिलाहरु त्यसमा योंग एर्जसहरुमा चुरोटको लत ज्यादा बस्न थालेको छ । सार्वजनिक स्थानहरुमा चुरोटको व्यापार गर्न नपाइए पनि अहिले परिस्थिती त्यस्तो चुरोट बिनाको पसल के पसल व्यापारीहरुको नै यस्तो तर्क छ ।
‘भर्खरका केटाकेटीहरू जीवनमा केही कुराको मतलब नै नभएजस्तो गरेर चुरोट पिउँछन्,’ । ‘कलेज पढ्छन्, चिया खान आउँछन् । चियासँगै चुरोट पनि मगाउँछन्, केटा–केटी सबैले पिउँछन् ।’

नेपाल स्टेप्स सर्भे २०१९ ‘टोब्याको फ्याक्टसीट’को तथ्याङ्क अनुसार २८.९ प्रतिशत वयस्कहरूले सुर्तीजन्य पदार्थहरू प्रयोग गर्ने गरेको पाइएको छ ।

वरिष्ठ छाती रोग विशेषज्ञहरु भन्छन् , जुनसुकै उमेर समूहमा पनि क्षयरोग देखिने गरेको पाइएको छ । क्षयरोग विशेषतः मध्यम उमेर समूहका व्यक्ति (१५–४४) लाई नै बढी हुने गरेको उनी बताउँछन् ।
युवा पुस्ताहरूमा चुरोटभन्दा पनि हुक्का तान्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यस्तै साथीको जन्मदिन, ‘गेट टुगेदर’ पार्टी यस्तै जमघटमा जाँदाजाँदै रिमाको चुरोट पिउने, हुक्का तान्ने बानी बसेको थियो । अहिले हुक्का, चार्ज गर्न मिल्ने ‘भेप’ फेसन जस्तै भएको छ । यी कुराहरू चुरोटभन्दा पनि हानिकारक हुन्छन् ।’

त्यस्तै, सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा १० अनुसार यस्ता पदार्थको बिक्री–वितरण गर्न मनाही गरिएको छ । अत्यधिक धूमपान गरेमा फोक्सोलाई निकै असर पर्छ । जसकारण क्षयरोगको जोखिमसमेत बढ्छ । ‘धूमपानले सोझै फोक्सोमा असर पु¥याउँछ, क्षयरोगलाई निम्ता दिन्छ,’ । त्यसैले जतिसक्दो चाँडो धूमपान त्याग्नु जरुरी छ ।’
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सन् २०५० सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ । सन् २०२३ सम्ममा मृत्युदर एक हजार ५ सय रहेकामा सन् २०५० सम्ममा क्षयरोगसम्बन्धी नेपाल सरकारको उक्त लक्ष्य पूरा होला त ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर