•  २६ पुष २०८१, शुक्रबार

१२ औं राष्ट्रिय जनगणना
भक्तपुरको जनसंख्या बढ्यो भने रामेछापको जनसंख्या सबैभन्दा कम बृद्धि

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन,
काठमाडौं ।

शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो। नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ। नेपालमा पुरूष भन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ।
वि.स २०६८ मा २ करोड ६४ लाख ९४ हजार ४ सय ८१ जनसंख्या रहेको थियो। यो हिसाबले १० वर्षमा करिब २७ लाख जनसंख्या थपिएको छ।


यस पटक वागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ। त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ। नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर