•  २६ पुष २०८१, शुक्रबार

कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै विरोधमा उत्रिएका लिम्बुको निधन

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
बिराटनगर ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा लाजेहाङ लिम्बू (पदम लिम्बू) को निधन भएको छ । उनी कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका थिए ।
संयुक्त संघर्ष समितिको आयोजनामा पुनः नामाङ्कनका लागि चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी चार्जबाट लिम्बूको टाउकोमा चोट लागेको थियो।
घरमै आराम गरिरहेका लिम्बू बेहोस भएपछि बुधबार राति १२ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो। लिम्बूको निधनको जिम्मा सरकारी पक्षले लिनुपर्ने दाबी गर्दै संयुक्त संघर्ष समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन आयोग गठन गरिनुपर्ने माग गरेको छ।
समितिले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘मुक्ति योद्धा लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई षड्यन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ। मुक्ति योद्धा लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई शहीद घोषणा गर्न जोडदार माग गर्दछौं।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर