तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुरको कलेजो प्रत्योरोपण सफल
- चैत्र १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
भारतको नारायण मल्टिस्पेसाालिटी अस्पताल गुरगाउँ नयाँ दिल्लीमा तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहको कलेजो प्रत्यारोपण गरिएको हो । माघ १६ गते सिंहको १२ घण्टा लगाएर कलेजो प्रत्योरोपण गरिएको प्रत्यारोपण सर्जन डा.सञ्जय यादवले जानकारी दिए ।
सिंहलाई उनकी पत्नी गौरी सिंहले कलेजोदान गरेकी थिइन् । डा. यादवको नेतृत्वमा डा.सञ्जय गोजा, डा.मनोजकुमार सिंह, डा.अनुसरिन, डा.रम्निक, डा.सचिन र डा. दीक्षाको टिमले कलेजो प्रत्यारोपण गरेको हो । प्रत्यारोपणमा ५ जना तालिम लिएका नर्सहरु सहभागी थिए ।
शेरबहादुरकी श्रीमती गौरी सिंहले आफूहरुको स्वास्थ्यमा निकै सुधार आएको बताइन् । ‘अहिले हामी दुबै जनालाई निकै राम्रो भइरहेको छ, सोचेको भन्दा चाँडै निको हुँदैछ’ गौरीले भनिन्, ‘मैंले त ५ दिनमात्रै औषधि खाएर छाडे, श्रीमानलाई अहिले ६ महिनाका लागि औषधि छ ।’ तीन महिनापछि फलोअपका लागि नयाँ दिल्ली जाने उनले बताइन् ।
गत फागुन ४ गते अस्पतालबाट डिस्चार्ज भएका सिंह घर धनगढी आएका छन् । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित बनेका पूर्व राष्ट्रिय खेलाडी सिंहलाई खेलकुदसँग सम्बन्धित विभिन्न निकायहरुले उपचारका लागि आर्थिक सहयोग गरेका थिए ।
सो अस्पतालमा कलेजो प्रत्यारोपणका लागि १७ लाख भारतीय रुपैयाँ लाग्छ । गरिब तथा विपन्नहरुको प्रत्यारोपणमा भने अस्पतालले सामाजिक उत्तरदायित्व सम्बन्धी कोषबाट खर्च गर्ने गरी केही सस्तोमा समेत प्रत्यारोपण गर्दै आएको डा. सञ्जयले जानकारी दिए ।
भारतका विभिन्न अस्पतालमा नेपालीहरुले कलेजो प्रत्यारोपण लगाउँदै आएका छन् । डा. यादवका अनुसार पछिल्लो तीन महिनाको अवधिमा सो अस्पतालमा ४ जना नेपालीको कलेजो प्रत्यारोपण भइसकेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments