•  ११ पुष २०८१, बिहीबार

छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर ,नझुक्किनुस् दारी पालेर जोगी होइन त्यो भोगी हो > एस अध्यक्ष- नेपाल

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राजतन्त्र पुनर्स्थापित गर्नुपर्छ भन्दै बैठकहरू हुने गरेको उल्लेख गरेका नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपालले तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको बताए ।
अध्यक्ष नेपालले ‘राजा आऊ देश बचाऊ’ भन्नेलाई नेपालमा राजा कुनै गतिला थिए भन्ने प्रश्न गरेका छन्।
राजधानीमा शुक्रबार पार्टीनिकट भूपू सैनिकहरूको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘अहिले तपाईं देखिरहनुभएको छ– राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। के नेपालमा राजा कुनै गतिला छन्?’
राजा आएर उनीहरूले अब विकास निर्माणलगायत काम गर्न नसक्ने उनको भनाइ थियो। ‘राजाहरू भ्रचाटारबाट उन्मुक्त छन्? सुशासनका पक्षपोषक छन्? त्यागी तपश्वी छन्? जोगी सन्यासी भएर आएका छन्?,’ उनले भने, ‘छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर।

तर नझुक्किनुस्, दारी पालेर जोगी होइन त्यो भोगी हो।’ उनले सबै क्षेत्रमा भएका भष्टाचार हटाउन सबैका ज्ञान, हैसियत र अनुभव छन् भने बाँडेर अघि बढ्नुपर्ने बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर