•  २६ पुष २०८१, शुक्रबार

तस्विर समाचार
सुरु भयो मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले विश्वका मुस्लिम राष्ट्रहरुमा रमजान महिना चल्न थालेको छ । । भने नेपालमा पनि यसलाई महत्वपूर्ण चाडको रुपमा मनाइने गरिएको छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।

इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ (व्रत) शुक्रबारदेखि सुरू भएको छ। हिजरी (उर्दू) संवतको ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरू मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरू भएको बताएका हुन्।

नेपाल मुस्लिम संघ काठमाडौं जिल्लाका सभापति मिन्हाज खान । अध्यक्ष खान रमजानको उपलक्ष्यमा शुभकामना दिदैं भन्छन् , यो चाडले सबैलाई एक साथ मिलाउन पनि सहयोग गर्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर