प्रधानमन्त्री दाहाललाई एस अध्यक्ष नेपालले गरे पुरानो नेकपा ब्यूँताउन प्रस्ताव
- चैत्र १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच शुक्रबार भेटवार्ता भएको छ ।
भेटका क्रममा एस अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई पुरानो नेकपा ब्यूँताउन प्रस्ताव गरेको बताएका छन् । शुक्रबार नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्ने क्रममा सो कुरा खुलाएका हुन् ।
मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,’ भन्ने प्रश्न गरेको पनि अध्यक्ष नेपालले बताए ।
प्रतिनिधिसभामा १० सिट रहे पनि आफूहरू निर्णायक हुने उनको भनाई छ। ‘हाम्रो उपस्थितिले मात्र ठूलो परिवर्तन ल्याइदिन्छ। बुझ्दैनन् भने के गर्न सकिन्छ? हाम्रो हैसियतलाई अवमूल्यन गर्ने काम नहोस्। हाम्रो खुबी क्षमता कसैले पनि अन्डरमाइन्ड नगर्नु, हामी स्क्छौं गर्न। हाम्रो शक्ति १० वटा भए पनि निर्णायक हुनसक्छ,’ उनले भने।
‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे।
राम्रो हुन्थ्यो? राष्ट्रपति पाउनु ठूलो थिएन। धोका दिने गरी अघि बढ्न चाहिएन। कांग्रेसलाई राष्ट्रपति बन्नुस् भनेको हो,’ उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments