प्रदेश राजनीति
कांग्रेस सहित अन्य दलको सर्मथनमा बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

- चैत्र १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केन्द्रिय सत्ता समिकरणको राजनीतिले छोएको बागमती प्रदेश सरकारबाट एमाले बाहिरएको छ । प्रदेशसभा बैठकबाटै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्ना सबै मन्त्रीको राजीनामा घोषणा गरेका छन् ।
भने उता नेपाली कांग्रेस सहित अन्य दलको सर्मथनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । बागमती प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले संविधानबमोजिम दोस्रोपटक संसदबाट विश्वासको मत लिएका हुन्। पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।
११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर