मूलपानी क्रिकेट मैदान
नगरको साथै देशकोे प्रतिष्ठा जोडिएकोले प्रतियोगीतालाई सफल बनाउनु हाम्रो पहिलो प्राथमिकता हो – नगर प्रमुख कार्की

- चैत्र ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
मूलपानी ।

विश्वकपमा छनौट सँगै हौसीएको नेपाली खेलको एउटा पाटो क्रिकेट । अहिले आम खेल प्रेमीहरु बिच निकै चर्चित चाख पनि बढ्दो छ । छक्का, पञ्जा र चौकाको प्रहार हेर्न क्रिकेटका दर्शकहरु जहिले पनि लालायीत हुन्छन् ।
तर भने जस्तो र व्यवस्थित खेलको संयन्त्र नभएको कारणले गर्दा अन्तराष्ट्रिय खेल जगतमा प्रख्याति कमाएको क्रिकेटले जुन स्तरमा आफनो पहिचान बनाउन सक्थ्यो । त्यसको एक छिद्रा पनि पस्किन नसकेको भान आम खेलाडी र खेलप्रेमीहरुले गरिरहेको अवस्था छ अहिले पनि ।


नेपाल राष्ट्र त्यो पनि खेलकूदको कुनै ठूलो प्रतियोगीता आयोजना गर्नु भनेको गर्व (उच्चताको भाव) नै सावित हुन्छ । तर माहोल र समस्याको भकारी कहिले पनि नभरिने हुँनाले अहिले सम्म खेलकूदमा सोचे जस्तो चमत्कार भएको मानिदैन् ।
एक दशकको पर्खाइ पछि बल्ल आएर अहिले नेपालले ठूलो खेल त्यो जनप्रिय खेल क्रिकेटको अन्तराष्ट्रिय प्रतियोगीता आयोजन गर्न लागि रहेको छ भन्ने सुन्दा एउटा खेलप्रेमीलाई त्यो भन्दा ठूलो गर्वको बिषय के नै हुन्छ ।

जसको लागि नेपालको क्रिकेटको केन्द्रिय संस्था नेपाल क्रिकेट संघ (क्यान)को तदारुकतालाई गतिलो पाराले बुझ्न सकिन्छ ।
१० एसियन राष्ट्रहरुको सहभागितामा आउँँदो महिना बैसाखको १० गते अन्तराष्ट्रिय प्रिमिएर कपको सुरुवात नेपालको क्रिकेट मैदानमा हुने जानकारी क्यानले दिएको छ । प्रतियोगीता सञ्चालनको नेपालले आफनै घरेलु मैदानहरु प्रयोग गर्ने जानकारी गराएर एसियन क्रिकेट काउन्सिलबाट अनुमति पनि लिइसकेको छ ।

प्राय जसो क्रिकेटको प्रतियोगीताहरु सञ्चाल भै रहेको त्रिवि क्रिकेट मैदानलाई सुधारको आवश्यकता परेको बताउँदै आएका क्रिकेटका प्राविधिक पक्ष हेर्ने बिज्ञहरु । तर अर्को बिकल्पको रुपमा अगाडी सारिएको मैदान हो मूलपानी क्रिकेट ग्राउण्ड माथिल्लो मैदान जसलाई अन्तर्राष्ट्रिय खेलका लागि योग्य बनाउन क्यानले विशेष नजर लगाउन थालेको छ ।
अहिले मुलपानीमा मैदान विस्तार, पार्किङ, ड्रेसिङ रुम, ब्रोडकास्टर हल, खेलाडीको लागि लन्च हल, मैदानको दक्षिण भागमा रहेको पर्खाल मर्मत, पर्खाल माथिको जाली मर्मतका कार्यहरु तद्रुकता साथ भै रहेको छ ।
मैदानमा यतिबेला पर्खाल मर्मत, पीच र आउटफिल्ड (घाँसे मैदान) सुधारदेखि ड्रेसिङ रुम निर्माणको कार्य भइरहेको छ ।
मैदानमा खानेपानी, बुजुली आपूर्ति तथा सरसरफाइ र बाटो मर्मतको कार्यको लागि कागेश्वरी मनोहरा नगरपालिकाले व्यापक चासो पनि देखाई रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले आफ्नो स्थानीय तहभित्र हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा क्यानका पदाधिकारीहरु सँग आवश्यक विर्मश पनि गरिहेका छन् ।


नगरको साथै देशकोे प्रतिष्ठा जोडिएकोले प्रतियोगीतालाई सफल बनाउनु हाम्रो पहिलो प्राथमिकता पनि हो । क्यानलाई आवश्यक सहयोग गर्न जहिले पनि आफू तयार रहेको नगरप्रमुख कार्कीले कासिन न्यूज सँगको छोटो कुराकानीमा बताए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा डेढ दशकअघि निर्माण भएको यो मैदानको बिषयलाई लिएर बेलाबखत राम्रै हल्ला हुने गरेको छ ।
प्रतियोगिता आउन तीन साताको समय बाँकी रहँदा क्यानले मैदान प्रवेशद्धारमा रहेको नाली व्वस्थित गर्नु पर्नेछ, दर्शकका लागि भनेर छुट्याइएको भिरालो चौर सम्माएर केही व्यवस्थित बनाउनु पर्नेछ । दर्शकका शौचालय निर्माण गर्नुपर्नेछ ।
७ वटा पीचहरु रहेको यो मैदानमा प्रतियोगितामा आवश्यक तीनवटा पीच प्रयोगमा ल्याइने पनि बताइएको छ ।
मैदानमा अहिले स्तरीय घाँस रोप्ने र मैदान फराकिलो बनाउने काम भइरहेको छ । ७० मिटरको बाउन्ड्री लाइन ३ तिरबाट बढाएर ७५ मिटरको बनाइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड मिलाउन त्यसो गरिएको क्यानले जनाएको छ ।
अहिले मैदानको पश्चिमतर्फ रहेको दुईतल्ले पेविलियन भवलको सरसफाईसहित ड्रेसिङ रुमको फर्निसिङ, शौचालय मर्मतको कार्य भइरहेको छ । धुलाम्य रहेको ड्रेसिङ रुममा दुवैतर्फ १२÷१२ वटा गरी दराज र सिटिङ डेस्कहरु बनाइँदै छ । फर्निसिङको काम एक हप्तादेखि १० दिनमा सकिने क्यानको भनाई छ ।
पछिल्लोपल्ट सन् २०१३ मा एसीसी टी–२० कप आयोजना गर्दा किर्तिपुर मैदान र पुल्चोक इन्जिनियरिङ मैदानलाई प्रयोग गरिएको थियो । त्यतिबेला मूलपानी मैदान तयार भइसके पनि सुरक्षा र पीचकै समस्याले प्रयोग गरिएको थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर