सांगठनिक विवादले स्ववियू निर्वाचन प्रभावित
- चैत्र ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूअन्तर्गतका सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिए पनि विधार्थी संगठनहरु बिचको विवादका कारण अहिले स्ववियू अनिश्चित अवस्थामा पुगेको छ ।
त्रिवि अन्र्तगत ६२ वटा आंगिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमा ४४ वटा आंगिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ ।
स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाछ। यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसमा आगामी वैशाख ५ भित्र निर्वाचन गर्नैपर्छ।
निर्वाचन स्थगित भएकामध्ये अधिकांशमा विद्यार्थी भर्नामा अनियमितता भएको दाबी गर्दै तालाबन्दी गरिएको छ। उपत्यकाका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ। नेपाल कमर्स क्याम्पसमा भने शनिबार निर्वाचन हुँदैछ ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ। पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पनि तालाबन्दी भएका क्याम्पसहमा ताला खुलाउने र निर्वाचन गर्ने विषयमा पहल भइरहेको बताए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि आफूहरूले निर्वाचन जित्ने पक्का भएका क्याम्पसमा अन्य संगठनले ताला लगाएको आरोप लगाए।
‘विवाद रहेका क्याम्पसमा पनि वैशाख ५ गतेभित्र स्ववियु निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छौँ’, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments