वारिस दे पञ्जाबका प्रमुख सिंह नेपाल पस्न सक्ने आशंकामा सिमाना सुरक्षा अलर्ट
- चैत्र ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायत भारतमा समेत खालिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकामा सिमाना सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने आशंकामा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको हो ।
भारतीय सुरक्षा स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ भने पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसहरूलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।
सिंह सम्पर्कबिहीन भएपनि खालिस्तान समर्थकहरूलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भड्कने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सीमाभित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।
अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपालविरुद्ध कारबाही सुरु गरेको हो । प्रहरीले उनीमाथि लूकआउट नोटिस तथा विना धरौटीको पक्राउ पुर्जी जारी गरेको छ ।
उता सिंह माथि धरपकड हुने थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरूले भारतीय नियोगमा राखिएका झण्डाहरू निकालेर खालिस्तानी झण्डासमेत राखेका थिए । खालिस्तान समर्थकलाई झण्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments