एमबाप्पेको दुई गोलसँगै विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गर्यो
- चैत्र ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कप्तान केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित रचेको हो । उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक गोल गरे ।
पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सले सहज जिततर्फ अघि बढाए । उनले ओरेलिएन चुआमेनीको पासमा गोल गर्न सफल भए ।
चौथो गोलको लागि फ्रान्सले खेलको अन्तिम समय नै कुर्नुपर्यो । ८८औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सको सानदार जित पक्का गराए । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले गोल गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।
यस जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ । यही समूहको अर्काे खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments