•  ११ पुष २०८१, बिहीबार

मधेश /राजनीति
सहज छैन मधेशमा उपेन्द्रको राजनीति – महतो र राउतको सामना गर्नुपर्ने चुनौति

- चैत्र ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले मधेश राजनीतिको बजारमा उपेन्द्र यादवको चर्चा चुलिन थालेको छ । आफना नजिकका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको पदमा पुर्याएका उपेन्द्रले रामसहायप्रसादले छोडेको बारा क्षेत्र नम्वर २ मा बाट उपनिर्वाचनमा भाग लिएर प्रतिनिधिसभाको सयर गर्ने जुन आकांक्षा मन भित्र पलाएका छन् । मधेश राजनीतिमा त्यो त्यति सहज भए जस्तो लाग्न छोेडेको छ ।
आफनो पक्षबाट सकरात्मक राजनीतिक माहोल तयार गरिरहेका उपेन्द्रलाई अहिलेको सबैभन्दा ठूलो टाउको दुखाई भनेका जनमत पार्टीका सिके राउत हुन् । उपेन्द्रको राजनीतिक यात्रामा मधेशको कुरामा अहिले सम्म कोही आउन नसकेको भान गर्नेहरुलाई अहिले राउतले राम्रो ज्ञान दिएको बताउँछन् मधेशको राजनीतिलाई नजिकबाट नियाँलिरहेकाहरु ।

यादवलाई उम्मेदवार बन्न जति सहज छ त्यसमा उपलब्धी हासिल कठिन पनि त्यति नै रहेको छ । उपेन्द्रले अहिले राउतको एकातिर सामना गर्नु पर्ने हुन्छ भने अर्को तर्फ राजेन्द्र महतो छन् । तिनै खम्बाको प्रतिष्ठताको बिषय बनेको बारा क्षेत्र नम्वर २ अहिले बिचलित अवस्थामा छ ।


मोरङ, सुनसरी र सप्तरी हुँदै बारा आइपुगेका यादवलाई गत मंसिर ४ मा भएको निर्वाचनमा राउतले भारी मतले पराजित गरेका थिए । राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादव १६ हजार ९७९ मा सीमित हुनुपरेको थियो ।
राजनीतिमा नेकपा (एमाले), नेपाली कांग्रेसको सत्याग्रह समूह, नेकपा (माओवादी केन्द्र), मधेसी जनाधिकार फोरम, संघीय समाजवादी फोरम, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी भएजस्तै उनको निर्वाचन क्षेत्र पनि मोरङ, सुनसरी, सप्तरी हुँदै अब बारासम्म आइपुगेको छ ।
२०५६ सालमा पार्टीभित्र मधेसको कुरा उठाएपछि पार्टीले साम्प्रदायिक व्यक्ति भन्दै जिम्मेवारी खोसेपछि मधेसी जनअधिकार फोरममा क्रियाशील भए । त्यसबीचमा उनले माओवादीसहित पनि सहकार्य गरे । २०६१ सालमा माओवादी नेता मातृका यादव र सुरेश आलेसँगै उपेन्द्र पनि दिल्लीमा पक्राउ परे ।
राजनीतिमा मधेसी जनअधिकार फोरम, संघीय समाजवादी फोरम, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी भए जस्तै उनको निर्वाचन क्षेत्र पनि मोरङ सुनसरी सप्तरी हुँदै अब बारा २ सम्म आइपुगेको छ ।
तर, सप्तरीमा यादवले राउतको टक्कर सहन परेजस्तै बारामा राजेन्द्र महतोको टक्कर खप्नुपर्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पनि अहिले संसद् छिर्ने तयारीमा छन् । उनलाई बारा २ बाटै उपनिर्वाचनमा उम्मेदवार बनाउने चर्चा छ । महतो गत चुनावमा सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भएका थिए
अहिलेको सत्ता गठबन्धनका ११ दलमध्ये उपेन्द्रसँग भन्दा राजेन्द्र महतोसँग समर्थन र भोट बढी छ । उपेन्द्रविरुद्ध लोसपासहित जनमत र नागरिक उन्मुक्ति पार्टी कार्यगत एकता गरिसकेका छन् । त्यसमा आम जनता पार्टी र नेसपा पनि उपेन्द्रविरुद्धको मोर्चामा थपिन सक्नेछन् ।

बारा २ मा उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थन रहने नरहने टुङ्गो छैन । यहाँ स्वतन्त्रबाट चुनावमा मत बटुल्ने उम्मेदवार पनि राजनीतिक पार्टीकै उम्मेदवार बराबर हैसियतमै देखिन्छन् । गत मंसिरको चुनावी नतिजा हेर्ने हो भने जसपाका रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका शिव कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।
यसैगरी स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्र यादवले १० हजार ७५० मत ल्याएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर