रवि लामिछानेले भोट नहालेको भए मुद्दा चल्थ्यो, भोट हालेको हुनाले मुद्दा नचल्ने भएको हो – एमाले अध्यक्ष ओली

- चैत्र ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको बारेमा बोल्दै भने , अस्तिका दिन रवि लामिछानेले भोट नहालेको भए मुद्दा चल्थ्यो, भोट हालेको हुनाले मुद्दा नचल्ने। प्रधानमन्त्रीको इशारा छ निर्देश छ, प्रधानमन्त्रीको निर्देशमा छलकपट भएको छ । यसमा मेरो विरोध हैन तर, नहालेको भएपनि यहीँ फैसला त हुनुपर्थ्यो नि त ।

मान्छेको आस्थासंग सौदाबाजी गर्ने, आस्थालाई बुटले कुल्चिने, मुद्दा हराउने, मुद्दा जिताउने, मुद्दा चलाउने, मुद्दा नचलाउने तमासा अनि त्यसरी राजनीतिलाई नियन्त्रणमा लिने। अनि साम, दाम, दण्ड, भेद भन्छ नि ‘ यो ढंगको राजनीति, यो राजनीति हैन, यो शासन संचालनको गलत निती हा ।“

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर