संचारकर्मी तामाङको निधन
- चैत्र ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मध्यान्ह राष्ट्रिय दैनिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कार्यकारी सम्पादक दीपेन्द्रविक्रम तामाङको निधन भएको छ । ब्रेन स्ट्रोकका कारण भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय तामाङको शनिबार दिउँसो निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
गत फागुन २८ गते आइतबार बिहान आफ्नै निवासमा शौचालय जाँदा ब्रेन स्ट्रोक भएर ढलेका तामाङलाई उपचारका लागि चाबहिलस्थित दीर्घायू अस्पताल पु¥याइएको थियो । दीर्घायूमा उपचार सम्भव नभएपछि उनलाई भैसेपाटीस्थित मेडिसिटी अस्पताल रिफर गरिएको थियो ।
तामाङ २०७९ माघ १ गतेदेखि मध्यान्ह राष्ट्रिय दैनिकका सीईओ तथा कार्यकारी सम्पादकका रुपमा कार्यरत थिए । उनले जनता टेलिभिजन, नेपाल समाचारपत्र, न्यूज २४ टेलिभिजन, सिटिजन एफएम, रेडियो सगरमाथा, टाइम्स एफएम, इमेज च्यानल, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक लगायतमा काम गरेका थिए । स्व. तामाङको श्रीमती, एक छोरी र एक छोरा छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments