प्रधानमन्त्री दाहाल सहित ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण प्राप्त सार्वजनिक गरिएन
- चैत्र १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण प्राप्त भए पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ। त्यहाँ के कति भनेर सार्वजनिक गरिएको छैन। सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउने गरी सार्वजनिक गर्नुपर्नेमा गोप्य राखिएको छ।
प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ भदौ ५ मा सम्पत्ति सार्वजनिक गरेका थिए। दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले जम्मा ३ तोला सुन र १ कट्ठा जमिन मात्रै रहेको सम्पत्ति विवरण सार्वजानिक गरेका थिए। प्रचण्ड अहिले तेस्रोपटक प्रधानमन्त्री बनेका छन्।
यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका थिए।भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विष्णु घिमिरे मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक गर्न नमिल्ने बताउँछन्।
२०७४ को चुनावपछि गठन भएको मन्त्रिपरिषदका मन्त्रीहरूको भने सम्पत्ति विवरण सार्वजनिक भएको थियो। कार्यकालको अन्तिम सयममा केपी शर्मा ओली सरकारमा पाँच सदस्यीय मन्त्रिपरिषद् रहेका चारैजना मन्त्रीहरू भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका थिए।
२०७४ को चुनाव गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गर्दै १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्ना रुवी र मुगाजडित औंठी रहेको उल्लेख गरेका थिए। देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण पनि उल्लेख गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments