प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र उपसभापति खड्कासँग मन्त्रिपरिषद् विस्तार बारे गरे छलफल

- चैत्र १२, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको प्रस्तावलाई अन्तिम रुप दिने र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल Ôप्रचण्डÕ ले गृह कार्य सुरु गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले शनिबारको पार्टी पदाधिकारी बैठकमा आइतबार गठबन्धनमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए ।
त्यसका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रालय भागबण्डाको खाकासमेत तयार पारिसकेको बताएका छन् । सो प्रस्तावित खाकाबारे प्रधानमन्त्री दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।

गठबन्धनका अन्य दलका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सुरुमा गठबन्धनका दलहरुसँग अलग–अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताए ।
सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डा सहमति नजिक पुगेको नेताहरुले बताउँदै आएका छन् । सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहे पनि अन्य मन्त्रालय बाँडफाँटमा विवाद नरहेको स्रोतले बतायो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर