मुस्लिम समुदाय कै पहिलो महिला विमान परिचारीका आईशा

- चैत्र १२, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
कालो कलरको बुर्कामा ढाकिएर बस्नु पर्ने नियमले गाँजीएर रहने परिवार अर्थात मुस्लिम परिवारमा जन्मिएर पनि उनी खुला आकाशमा उडेकी छिन् । परम्परा र नियमलाई केही पर राखेर सामाजिक महत्व बुझ्ने प्रयासमा लागेकी सुनसरीकी २२ वर्षे आईशा खातुन अहिले चर्चामा छिन् ।
समुदायबाट बाहिर आएपनि समुदायको नियम र परम्पराका कुरामा भने चाँही अलि कडै छिन् । भन्छिन् , आफनो सामाजिक रितलाई भने भुल्नु हुँदैन् यसैमा सबै कुरा अडिएको छ ।

पारिवारीक साथ र सहयोग नै आफनो जीवनको महत्वपूर्ण अवसर भएको बताउने आईशा अहिले आधुनिक युगको आईशा बनेकी छिन् । जसका लागि उनलाई सबैले साथ दिएका रहेछन् , कुराकानीको क्रममा मिठो मुस्कान दिँदै भन्छिन् , यति एयरलाइन्सको जहाजमा उड्दा म सबैै कुरा भुल्छु खाली मनमा आफना प्यासेन्जरहरुलाई कसरी सर्व सुलभ सेवा कसरी दिने भन्ने हुन्छ ।
अहिले आफनो समुदाय अर्थात मुस्लिम समुदायबाट नेपाल मै पहिलो मुस्लिम एयर होस्टेसको रुपमा आफनो नाम दर्ज गर्न पाउँदा उनमा खुशीको कुनै सिमा छैन् । जहाजमा परिचारिका भएर उडिरहेकी उनी मुस्लिम समुदायमा स्वतन्त्रता पाउँदा महिलाले लक्ष्य हासिल गर्न सक्छन् भन्ने उद्धाहरण मात्र नभई भावि पुस्ताका लागि प्रेरणा समेत बनेकी छिन् ।
पारिवारीक साथै सामाजिक सेवालाई पनि उत्तिकै महत्वका साथ लिने आईशाले सामाजिक सेवाको माध्यम भने लियो क्लवलाई बनाएकी रहेछिन् । लियो क्लवको माध्यमबाट समाजमा केही गर्न सकिन्छ भनेर लागेकी आईशाले लियोको विभिन्न पदमा रहेर कार्य गरिरहेकी छिन् ।
आफनो समुदायको लागि केही गर्नु पर्छ भन्ने भित्री मनसाय राखेकी आईशाले मोरंग मुस्लिम समाजको स्वास्थ्य बिभागको प्रमुख भएर पनि कार्य गरिसकेकी रहेछिन् ।
अहिले खुल्ला आकाशमा उड्ने जागीरेका कारण अलि बेफुर्सदीलो देखीएकी आईशा उनको समुदायको लागि एउटा ठूलो उदाहरण बनेकी छिन् ।
स्वास्थ्य बिज्ञानको अध्ययन गरेकी आईशाले गीता एभियसन बाट हवाई परिचारीकाको कोर्ष कमप्लिट गरेकी रहेछिन् । मुस्लिम महिला भएर पनि समाजमा कसरी आफूलाई कसरी रुपान्तरीत गर्न सकिन्छ भनेर लागिरहने आईशा आफूलाई आधुनिक परिवेशमा ढाल्न सकेकोमा आफैलाई धन्यवाद दिन्छिन् ।
कुराकानीकोे क्रममा आईशा भन्छिन् ,“परिवारले साथ दिनुभयो, जसले गर्दा यहाँसम्म आईपुग्यौं, सम्पुर्ण सफलताको श्रेय बुबा–आमालाई दिन चाहन्छु । सामाजिक सञ्जाल टिकटक देखी युट्युवको ट्रेन्डिङमा सम्म आफनो चर्चा चुलिएको मुग्ध हुँदै आईशा भन्छिन् , अहिलेको खुशी कालान्तर सम्म निरन्तर राख्ने प्रयास गर्छु ।
समुदायबाट टाढा रहेर यो क्षेत्रमा आफूलाई उभ्याउन सफल भएकी आईशा यो क्षेत्रमा छाप बसाउन धेरै पापड बेल्नु परेको रहेछ । सुनसरीको थातथलो भएकी आईशा अहिले निकै व्यस्त हवाई परिचारीका बनेकी छिन् ।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर