संसदमा कोइराला
एकठाउँमा उभिएर नागरिकका चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन – कांग्रेस नेता एवं सांसद कोइराला
- चैत्र १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षाअनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि स्पष्ट पारे।
उनले फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरूलाई नैतिक रूपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए।
नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरूसँग मुलुकको आर्थिक संकटबारे गम्भीर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरू प्रतिवद्ध हुनुपर्ने पनि बताए।
‘अब हामी ढिलो नगरी जनअपेक्षाअनुसार संसद, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिकका चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन। हाम्रा आफ्नै विगतमा कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ।
यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुडकिलो हो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ। यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रर्दशन गरेर पुग्दैन। सम्पूर्ण मन्त्रीमण्डललाई नैतिक रूपमा तलमाथि गर्न नदिने प्रण गर्न सक्नु पर्दछ।’
सांसद कोइरालाले युरोप र अमेरिकामा देखिएको बैंकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले सोहीअनुसार विज्ञहरूको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई सचेत गराए।
‘हामो देशले पनि युरोप र अमेरिकाजस्ता देशहरूले भोग्नु परेको बैकिङ संकट भोग्न नपरोस् भन्नका निम्ति अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ, विशेषज्ञको सल्लाहबाट अगाडि बढ्न म अनुरोध गर्दछु,’ उनले भने, ‘राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपछि सवल अर्थतन्त्र धराशायी बन्न समय लाग्दैन। त्यसैले अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुले विधिबाट होइन। दीर्घकालीन रूपबाटै निकास निस्कने गरी सरकारले काम गरोस्।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments