उपसभापति खड्काको नेतृत्वमा महत, साउद, गुरुङ र खतिवडा मन्त्री बन्ने लिष्टमा
- चैत्र १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आउँदो मंगलबार भित्र मन्त्रिपरिषद् विस्तार गर्ने गरि गृह गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न खेमामा कुराकानी गरिरहेका छन् । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा रहेका दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । शनिबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।
छलफलमा देउवाले ८ मन्त्रालय पाउनुपर्ने दाबी गरेका थिए । तर प्रधानमन्त्री दाहालले गठबन्धनमा धेरै दल भएका कारण सात मन्त्रालय दिने बताएका थिए । छलफलमा कुन मन्त्रालय कसले पाउने भन्नेबारे पनि छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालसँग छलफल भएपछि कांग्रेसमा मन्त्री हुनेहरूको चर्चा चल्न थालेको छ । कांग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने गरी छलफल चलेको देउवा निकट एक बताए । जसमा उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय लिएर खड्का सरकारमा जाने चर्चा छ ।
त्यसैगरी रक्षा मन्त्रालयमा एनपी साउदलाई पठाउनेगरी छलफल चलिरहेको कांग्रेस निकट स्रोतले बतायो । कांग्रेसमा प्रकाशशरण महत परराष्ट्र मन्त्री हुने चर्चा छ । उनी सभापति देउवा निकट मानिन्छन् । महतले आफू यसपटक मन्त्री हुनपर्ने भन्दै देउवालाई दबाब बढाइरहेका छन् ।
सीता गुरुङ पनि महिला तथा बालबालिका मन्त्री हुने चर्चा कांग्रेसभित्र चलेको छ । त्यसैगरी डिकबहादुर लिम्बू पनि भूमी सुधार मन्त्री हुने चर्चा कांग्रेसभित्र रहेको ति नेताले बताए ।
धनराज गुरुङ र रामहरी खतिवडा पनि मन्त्री हुने चर्चा छ । उनीहरूको मन्त्रालय भने टुंगिन बाँकी रहेको ति नेताले बताए । खतिवडालाई सहरी वा स्वास्थ्य मन्त्री बनाउने यसअघि नै कांग्रेसभित्र चर्चा चलेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments