८ दलको समर्थनमा कांग्रेस संसदीय दलका चौधरीले मुख्यमन्त्रीको दाबी पेश गरे

- चैत्र १२, २०७९ मा प्रकाशित


कासिन न्यूजका,
काठमाडौं ।

सत्तारुढ घटक माओवादीले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । जबकि उनको दाबीमा हस्ताक्षर गरेका नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा र जनमतका नेताहरु मन्त्रिपरिषदमा नै छन् ।
जनमत पार्टीबाट मन्त्री बनेका सीके गुप्ताले भने आफूले फोन र इमेलबाट राजीनामा दिएको बताएका छन् । माओवादीका मन्त्रीहरुले भने आइतबार मात्र मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका थिए ।
राजीनामा बुझाएलगत्तै उनीहरु सहित सांसदको टोली अर्को पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेका हुन् । उनीहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका छन् ।
संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर