अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरें, त्यसका लागि म क्षमा चाहन्छु – कांग्रेस उपसभापति खड्का
- चैत्र १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा नियमापत्ति जनाएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् । प्रतिनिधि सभा नियमावलीको २० (६) लाई उल्लेख गर्दै सांसद बर्तौलाले उक्त प्रावधान उल्लंघन गरी मर्यादा विपरित काम भइरहेको उनले बताए ।
‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन,’ बर्तौलाले भने,‘सदनको गरिमालाई धज्जी उडाउँदै माननीय सदस्यबाट यसप्रकारको काम भइरहको छ ।’ सत्ता पक्षका सांसदबाटै नियमावली उल्लंघन गरिएको बर्तौलाले बताए ।
बर्तौलाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले उचित ध्यान पु¥याउन सदनमा निर्देशन दिए । त्यस लगत्तै उठेर कांग्रेस सांसद खड्काले बोल्न खोजे ।
खड्कालाई बोल्न सभामुखले समय दिएपछि उनले भने,‘अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरें । त्यसका लागि म क्षमा चाहन्छु ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments